Breaking News

फिलिपिन्सको एक अदालतले सुनायो तीन प्रहरी अधिकारीलाई ४० वर्षको जेल सजाय

काठमाण्डौ, १३ मंसिर । फिलिपिन्सको एक अदालतले तीन जना प्रहरी अधिकारीलाई ४० वर्षको जेल सजाय सुनाएको छ ।

लागू अौषध प्रयोगकर्तामाथि भएको कारबाहीमा एक जना १७ वर्षे किशोरको हत्या गरेको अभियाेगमा दोषी ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजाय सुनाएको हो ।

राजधानी मनिलामा गत वर्ष उच्च परिवारको किशोरको हत्या भएको थियो । राष्ट्रपति रोड्रिगो डुडेर्टेले तीन वर्ष अघि लागू अौषध कारोवारी र प्रयोगकर्ता विरुद्ध कारवाही चलाएपछि ५ हजार जनाको हत्या भइसकेको छ ।

लागू अौषध नियन्त्रण गर्ने नाममा व्यक्ति हत्या गरेर मानवअधिकारको हनन गरेकाे भन्दै राष्ट्रपति डुडेर्टेको आलोचना हुँदै आएको छ ।

shares