Breaking News

काबुलमा सुरक्षा परिसरभित्र भएको आक्रमणमा दशको मृत्यु

काबुल, १३ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु हुनाको साथै अन्य १९ जना घाइते भएका छन् ।

बेलायतकोे एक सुरक्षा समूह (बृटिश सेक्युरिटी कन्ट्याक्टर) मा सो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नजिब दनिसले जानकारी दिए । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले अांकलन गरेका छन् ।

सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहानसमेत भएको र केही विदेशी नागरिकहरू पनि हताहत भएको बताइएको छ ।  घटनाको जिम्मेवारी तालिबान समूहले लिएको छ ।

राष्ट्रपति अशरफ घानीले तालिबानसँग शान्तिपूर्ण वार्ताका लागि वार्ताटोली गठन गर्ने योजना घोषणा गरेसँगै उक्त घटना घटाइएको हो ।

shares