Breaking News

जानकी मन्दिर सौन्दर्यीकरण कार्यक्रम सुरु

जनकपुर, १३ मंसिर । जनकपुरको जानकी मन्दिर सौन्दर्यीकरण कार्यक्रम सुरु भएकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर संरक्षण र साैन्दर्यीकरण अभियान सुरु गरिएकाे हाे ।

अभियान सुरु गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरको विकास गर्न सके धार्मिक पर्यटनले प्रदेश र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

विक्रम सम्वत् १९६७ मा निर्मित जानकी मन्दिर उपेक्षामा पर्दै आएको छ । साैन्दर्यीकरण अभियानमा ८ करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

shares