Breaking News

संविधानसँग बाझिएका कानून निर्माणको कामलाई प्राथमिकता

काठमाण्डौ, १३ मंसिर । सरकारले संविधानसँग बाझिएका कानून निर्माणको कामलाई प्राथमिकता दिने भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा अाज कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले स्थानीय, प्रदेश र संघको कामलाई सहज बनाउन पनि सरकारले यस्ताे तयारी गरेकाे जानकारी दिए ।

ढकालले द्वन्द्व पीडितलाई न्याय दिने काममा ढिलाइ हुन नदिन सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित कानून बनाउने कामलाई पनि प्राथमिकतामा राखेकाे पनि बताए ।

मन्त्री ढकालले द्वन्द्व पीडितलाई न्याय दिने र शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकार लागि परेको दाबी पनि गरे ।

shares