Breaking News

३ लाख मूल्य बराबरको अवैध सामान बरामद

रुपन्देही, १३ मंसिर । राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीले पश्चिम नवलपरासीबाट अवैध रूपमा नेपाल भित्रिदैं गरेको करिब साढे ३ लाख मूल्य बराबरको क्याटरिंग र टेन्टको समान बरामद गरेको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ भुजहवाबाट चोरी पैठारी गरी नेपाल ल्याउँदै गरेको समान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द खातीले जानकारी दिए ।

बरामद सामग्रीलाई सशस्त्र प्रहरीले थप कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाएको छ । रुपन्देही नाकामा प्रहरीले कडाइ गरेपछि नवलपरासीको नाकाबाट अवैध रूपमा सामान अायात गर्ने क्रम बढेकाे हाे ।

shares