Breaking News

‘सामाजिक सुरक्षा कार्यक्रम’ प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध

काठमाण्डौ, १३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले सामाजिक सुरक्षा कार्यक्रम चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान साथ दिन सबैलाई आह्वान गरे ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको ३८ औं स्थापना दिवसको अवसरमा अाज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले श्रमिकहरूको सम्मानका लागि जीवन पर्यन्त सुविधा दिने गरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्पष्ट गरे ।

उनले श्रमिकहरूलाई अवसर, सेवा र सुविधा दिएर मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको दाबी पनि गरे ।

shares