Breaking News

युएफसी फाइटर कोनोर म्याकग्रेगरलाई सवारी हाँक्न प्रतिबन्ध

काठमाण्डौ, १३ मंसिर । युएफसी फाइटर कोनोर म्याकग्रेगरलाई सवारी हाँक्न प्रतिबन्ध लगाइएको छ ।

निर्धारित भन्दा तीब्र गतिमा सवारी चलाएका कारण उनलाई ६ महिना गाडी चलाउन निषेध गरिएको हो । सन् २०१७ मा म्याक ग्रेगरले रेन्ज रोभर गाडी १५४ किलोमिटर प्रतिघण्टाको गतिमा चलाएका थिए जहाँ १०० किलोमिटर प्रतिघण्टा भन्दा बढी चलाउन निषेध गरिएको थियो ।

३० वर्षे म्याक ग्रेगरले न्यायाधीशसामु माफी मागेका छन् । उनलाई एक हजार युरो जरिवाना समेत गराइएको छ । म्याक ग्रेगरले युवा अवस्थामा १२ पटक ट्रफिक नियम उलंघन गरेका थिए ।

shares