Breaking News

पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली, १३ मंसिर । तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् ।

एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।

नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहेका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न सकेका थिएनन् ।

स्थानीयवासीले साँझ जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares