Breaking News

रुस र युक्रेनबीच चर्किँदै गएकाे तनावबारे ईयुको गम्भीर चासो

काठमाण्डौ, १३ मंसिर । युरोपेली संघ ईयुले रुस र युक्रेनबीच चर्किँदै गएकाे तनावबारे गम्भीर चासो देखाएकाे छ ।

इयूले युक्रेनको सार्वभौमिकताको सम्मान गर्दै रुसी नियन्त्रणमा रहेका युक्रेनी नौसैनिक जहाज र तिनका चालक दलका सदस्यहरूलाई रिहाइ गर्न रुसलाई अाग्रह गरेकाे छ । उसले रुसको कदम अस्वीकार्य भएको जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले क्रेमेलिनस‌ंग नौसैनिक संघर्ष गरी सन् २०१९ मा हुने निर्वाचनअघि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेको अाराेप लगाएका छन् । दुई देशबीच तनाव चर्काउन युक्रेनी नेताले त्यसो गरेको पुटिनकाे दाबी छ ।

तर युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युक्रेनी जहाजमाथिको रुसी नियन्त्रणलाई रुसको उद्दण्ड कार्य भनेका छन्। युक्रेनका तीनवटा नौसैनिक डुङ्गाहरू ओडेसाबाट युक्रेनको प्रमुख बन्दरगाह मारियुपोलतर्फ अघि बढिरहँदा रुसी फौजले आक्रमण गरेकाे थियाे ।

shares