Breaking News

काठमाण्डौमा चल्ने सवारीमा अाजदेखि चार दिनसम्म जोर विजोर प्रणाली लागू

काठमाण्डौ, १३ मंसिर । काठमाण्डौं उपत्यकामा चल्ने सवारी साधनमा अाजदेखि चार दिनसम्म जोर विजोर प्रणाली लागू भएको छ ।

भाेलि र पर्सी हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका अति विशिष्ट र विशिष्ट व्यक्तिको सवारी आवागमन व्यवस्थित बनाउन गृह मन्त्रालयको निर्देशनमा जोर विजोर प्रणाली लागू गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

१३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरको सवारी चलाउन पाउने व्यवस्था गरिएको छ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीमा भने याे लागू नहुने जनाइएको छ । चार-चार दिनसम्म कार्यालय तथा महत्वपूर्ण काममा जानुपर्ने सर्वसाधारणहरू यो प्रणालीको प्रत्यक्ष सास्तीमा पर्नेछन् ।

shares