Breaking News

मिलेर अनुसन्धान गर्नेबारेमा अायोग र विभागबीच समझदारी

काठमाण्डौ, १२ मंसिर । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबीच मिलेर अनुसन्धान गर्नेबारेमा समझदारी भएकाे छ ।

अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे केन्द्रीय कार्यालयमा अाज समझदारीपत्रमा हस्ताक्षर भएको हो । सूचना र अनुसन्धानमा भएका प्रगति आदानप्रदान, भ्रष्टचार नियन्त्रणमा एकअर्काले गरेका जाँचबुझ, सूचना र उजुरीको प्रभावकारी विश्लेषण लगायतका विषयमा समझदारी भएकाे छ ।

त्यस्तै, भ्रष्टाचारजन्य गम्भीर अपराधसँग सम्बन्धित उजुरीको एकआपसमा समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउन दुवै एक भएर लाग्ने भएका छन् । सम्झाैतामा आयोगका तर्फबाट सहसचिव रामेश्वर दंगाल र विभागका तर्फबाट महानिर्देशक जीवनप्रकाश सिटौलाले हस्ताक्षर गरे ।

shares