Breaking News

अष्ट्रेलिया: भारी वर्षातका कारण एक जनाको मृत्यु, २ प्रहरी घाइते

सिड्नी, १२ मंसिर । अष्ट्रेलियाको सिड्नीमा भारी वर्षातका कारण आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई जना प्रहरी घाईते भएका छन् ।

प्रहरीका अनुसार बाढीमा फसेको एक जना मोटरसाइकल चालकलाई उद्धार गर्ने क्रममा रूख ढलेर ती प्रहरी घाइते भएका हुन् । स्थानीय संचारमाध्यमका अनुसार भारी वर्षातका कारण आएको बाढीबाट १२ जनाको उद्धार गरिएको छ भने राज्यको आकस्मिक सेवा कक्षमा सहायताका लागि बिहानदेखि ५ सयभन्दा बढीले सम्पर्क गरिसकेका छन् ।

वर्षात र बाढीका कारण सिड्नी विमानस्थलबाट उड्ने झण्डै १ सय ३० वटा आन्तरिक उडान रद्ध गरिएको छ भने धावन मार्ग बन्द गरिएको छ । मौसम विभागका अनुसार १२ घण्टामा सिड्नीमा एक सय ७८ मिलिमिटर बर्षा भएको छ । विभागका अनुसार बर्षात् र बाढीसँगै हावाहुरी पनि चलेकोले सिड्नीको जनजीवन झनै अस्तब्यस्त बनेको छ ।

shares