Breaking News

कर्मचारी समायाेजनसम्बन्धी अध्यादेश अन्तिम चरणमा

काठमाण्डौ, १२ मंसिर । सरकारले कर्मचारी समायाेजनसम्बन्धी अध्यादेश अन्तिम चरणमा पुगेकाे जनाएकाे छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा अध्यादेशकाे विषयमा छलफल गर्न अायाेजित बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले लाेकसेवा अायाेगकाे सुझावपछि अध्यादेश मन्त्रीपरिषदकाे विधेयक शाखामा पुगेकाे जानकारी दिए । साथै उनले पुष मसान्तसम्म समायाेजनकाे काम सक्नै पर्ने भएकाले वैकल्पिक मार्गकाे रूपमा अध्यादेश प्रयाेग गरिएकाे बताए ।

समितिका सदस्यहरूले भने सरकारले अध्यादेशका विषयमा कुनै जानकारी नदिएकाे भन्दै अापित्त जनाए । उनीहरूले समिति र संसदलाई छलेर सरकारले अलाेकतान्त्रिक बाटाे राेजेकाे अाराेपसमेत लगाएका छन् ।

समयमै कर्मचारी समायोजन नहुँदा यतिबेला बजेट खर्च पनि हुन सकेकाे छैन भने प्रदेश र स्थानीय सरकारले पनि अपेक्षित रूपमा काम गर्न सकिरहेकाे छैन ।

shares