Breaking News

जंगली हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु

चितवन, १२ मंसिर । जंगली हात्तीको आक्रमणबाट चितवनमा २ जनाको मृत्य भएको छ ।

चितवनको माडी नगरपालिका ९ स्थित रिउखोला किनारमा हात्तीको आक्रमणबाट २ महिलाको ज्यान गएको हो । घाँस काट्न गएका स्थानीय दुई महिलालाई रिउ खोला नजिक जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट स्थानीय ३५ वर्षकी सुशिला भण्डारी र वर्ष ६० की कृष्णकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

दिउँसो करिब ३ बजेतिर खोला किनारमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशिल सिहं राठौरले बताए ।

shares