Breaking News

राष्ट्रपति भण्डारी र नेपालका लागि जर्मनी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाण्डौ, १८ जेठ । राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारी र नेपालका लागि जर्मनी राजदूत म्याथिएस मेयरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको थियो । उक्त भेटमा राष्ट्रपतिले राजदूत मेयरलाई नेपालमा रही निर्वाह गरेका भूमिकाप्रति धन्यवाद समेत दिइन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

shares