Breaking News

गायिका निर्मलाको “रिडी बजार काली दोभान” सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, ११ मंसिर । गायिका निर्मला थापा मगरको नयाँ गीत सार्वजनिक भएको छ ।

निर्मला थापा मगरको आफ्नै युट्युव च्यानलबाट सोमबार “रिडी बजार काली दोभान” गीत सार्वजनिक भएको हो । सन्तु थापा मगर र निर्मला थापा मगरको आवाजमा रहेको गीतको छायाँकन भने गुल्मीको दिगाम क्षेत्रमा गरिएको हो ।

गणेश अधिकारीको शब्द तथा गायिका निर्मलाको लयमा रहेको गीतको भिडियोलाई गायक सन्तुले निर्देशन गरेका छन् । गुल्मी रेसुङ्गा म्युजिक प्रा.लीको प्रस्तुतीमा रहेको भिडियोमा मुकुन्द सुवेदी, नबिना थापा मगर र कृतिकाको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई करण चैसिरले छायाकंन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । सबैले निकै मिहनेत गरेकोले भिडियो राम्रो बनेको र दर्शकले पनि निकै मन पराउने गायिका निर्मलाको विश्वास छ ।

भिडियो हेर्नुहोस्-

shares