Breaking News

मिस वर्ल्ड–२०१८ को ताज नेपाल ल्याउन आतुर भएको भन्दै शृंखलाले मागिन् यस्तो सहयोग

काठमाण्डौ, १० मंसिर । चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धाहरू पार गर्दै टप माेडेल सेमिफाइनलमा प्रवेश गरेकी शृंखला खतिवडाले मिस वर्ल्ड–२०१८ को ताज नेपाल ल्याउन आतुर भएको बताएकी छन् ।

प्रतियाेगिताकै उत्कृष्ट ३० मा छनोट भएकी उनी टप माेडेलकाे प्रतिस्पर्धामा समेत सेमिफाइनलमा पुगेकी उनले आफ्नो फेसबुक मार्फत मिसवर्ल्ड–२०१८ को ताज नेपाल ल्याउन आतुर भएको र त्यसका लागि सबैलाई भोट गर्न अाग्रह गरेकी छन् ।

सबै नेपालीलाई सम्बोधन गर्दै धेरैभन्दा धेरै भोट गर्न र सेयर गरेर सबैलाई भोट गर्न अपिल गर्न समेत उनले अनुरोध गरेकी छन् ।

सामाजिक संजालमा निरन्तर अपडेट गराइरहेकी उनले सेमिफानलमा प्रवेश गर्दा समेत यस्तो लेखेकी थिइन् ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन् ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दछु ।’

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । आउँदो डिसेम्बर ८ मा चीनको सान्या सहरमा ‘मिस वर्ल्ड २०१८’ को अन्तिम प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार-

मिस वर्ल्ड-सेमिफाइनलमा पुगिन् श्रृंखला खतिवडा (सक्दाे शेयर गराै‌ं)

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगितामा सबैभन्दा अगाडि (फाेटाे फिचर)

shares