Breaking News

भारतको खतरनाक अफरबारे बोले चित्रबहादुर: ओली फेल भए, सर्टिफिकेट दिन्न (भिडियोसहित)

काठमाण्डौ, ६ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालको संविधानमा नागरिकता सम्बन्धी प्रावधान र निर्वाचन क्षेत्र निर्धारणबारे विभिन्न प्रस्ताव राखेको खुलासा गरेका छन् ।

संविधान जारी भएपछि पनि भारतले नागरिकतासम्बन्धी प्रावधान परिवर्तनका लागि विभिन्न अफरहरू गरेको केसीको दाबी छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा अध्यक्ष केसीले भारतले जहिले पनि धमिलो पानीमा माछा मार्न खोज्ने बताए ।

नेपालमा राजनीतिक परिवर्तन र संक्रमणकालको फाइदा उठाउन भारतले प्रयत्न गर्ने गरेको उनको आरोप छ । अध्यक्ष केसीले राष्ट्रिय परिचय पत्र पनि नेपालीको हितमा हुन नसक्ने दाबी गरे । छ महिना मात्रै नेपालमा बसेका विदेशीलाई पनि यो परिचयपत्र दिन खोजिनुमा षड्यन्त्र रहेको उनको दाबी छ ।

वर्तमान सरकारले जनताका बीचमा गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पासमार्क दिन नसकिने केसीको तर्क छ । परम्परागत सोच भएका कर्मचारी संयन्त्र परिवर्तन नभएसम्म समृद्धि हासिल हुन नसक्ने उनको दाबी छ । बाँकी भिडियोमा-

shares