Breaking News

एनसेलद्वारा अाजबाट फोरजी सेवा सुरु

काठमाण्डौ १८ जेठ ।  निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आजबाट फोर जी एलइटी सेवा सुरु गर्दैछ ।

कम्पनीले काठमाडौ उपत्यकाबाट उच्च गतिको फोरजी सेवा सुरु गर्न लागेको हो । एनसेलका ग्राहकले काठमाडौ उपत्यका लगायत नगकोट, बनेपा र धुलिखेलमा फोर जी सेवा उपभोग गर्न पाउने भएका छन ।

सो क्षेत्रमा फोरजी चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी सेवाको लाभ लिन सक्ने छन । प्रबिधी र तटस्थताको अनुमती पाएपछि कम्पनीले आफना ग्राहकलाई यो सेवा उपलब्ध गराउन लागेको हो ।

पुरानो सिम कार्ड भएका एनसेलका ग्राहकले फोरजी सेवा सन्चालनका लागि एनसेल सेन्टरबाट फोरजी चल्ने सिम युसीमसंग निशुल्क रुपमा साटन सक्नेछन ।

नयां ग्राहकले भने सोझै फोरजी सिम नै प्राप्त गर्ने छन । यसअघि एनसेललाइ फोर जी सेवा दिने वा नदिनेबारे संसदका बिभिन्न समितिमहरुका विवाद थियो ।

shares