Breaking News

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगितामा सबैभन्दा अगाडि (फाेटाे फिचर)

काठमाण्डौ, ६ मंसिर । मिस वर्ल्ड २०१८ मा नेपालबाट प्रतिनिधित्व गरेकी श्रृंखला खतिवडा प्रतिस्पर्धीमध्यकै  उत्कृष्ट देखिएकी छिन् । विभिन्न चरणका प्रतिस्पर्धामा उनी  अग्रस्थानमा देखिएकी हुन् ।

चीनको सान्या सहरमा जारी मिस वल्र्ड २०१८ मा एक सय २१ देशका सुन्दरीले सहभागिता जनाएका थिए । जसमा श्रृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी छिन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्।

मिस वल्र्डका लागि खुला गरिएको भोटमा २५।८२ प्रतिशत मत प्राप्त गरेर श्रृंखला  पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन्। मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ। मिस वर्ल्डमा भाग लिन श्रृंखला नौ दिनअघि चीन गएकी हुन्।

shares