Breaking News

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने

काठमाण्डौ, ४ मंसिर । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।

लिगका लागि आज भएको अक्सनमा सन्दीपलाई लाहोर कलन्दरले किनेको हो । विदेशी खेलाडीको गोल्ड क्याटगोरीमा रहेका सन्दीपको पारिश्रमिक खुलाइएकाे छैन । तर, साे क्याटगाेरीमा रहेका खेलाडीकाे पारिश्रमिक ५० देखि ७० हजार डलर हुनेछ ।

इन्डियन प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग, क्यानेडियन प्रिमियर लिग, विगब्यास लिग र टी–टेन क्रिकेट लिगपछि सन्दीप पाकिस्तानी सुपर लिगमा छनोट भएका हुन् ।

सन्दीप खेल्ने टिम लाहोरका मेन्टर पाकिस्तानी क्रिकेट टिमका पूर्व खेलाडी तीव्र बलर सोयव अख्तर हुन् । त्यस्तै, टीममा फकर जामन, एवी डि भिलियर्स, यासिर शाह, साहिद अफ्रिदी, कार्लोस ब्रेथवेट, मोहम्मद हफिज जस्ता खेलाडी छन् ।

shares