Breaking News

अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालन गर्ने राजपाको निर्णय

काठमाण्डौ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी, नेपालले अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा अाज बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले नेतृत्व चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी नेता राजेन्द्र महतोलाई दिएको छ । अध्यक्ष मण्डललाई चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णयमा नेता अनिल झाले भने असहमति जनाएका छन् ।

यसैगरी, बैठकले पार्टी एकतापछि निर्वाचन आयोगका बुझाएको केन्द्रीय कार्य समितिलाई नै मान्यता दिएको छ । पार्टीका महासचिव केशव झाले त्यसयता केन्द्रीय कार्य समितिमा गरिएका सबै मनोनयन खारेज गरिएको जानकारी दिए ।

राजपाले महाधिवेशनलाई लक्षित गरेर पार्टीको साधारण तथा सक्रिय सदस्यता मंसिर मसान्तभित्र वितरण गरिसक्ने निर्णय पनि गरेको छ ।

shares