Breaking News

जापानले नेपालको खाद्य सुरक्षाका लागि रु ३५ करोड ६० लाख बराबरको अनुदान सहयोग गर्ने

काठमाण्डौ, ४ मंसिर । जापान सरकारले अार्थिक वर्ष सन् २०१८ को खाद्य सहायता परियोजनाअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ ।

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको जापान भ्रमणको क्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानको राजधानी टोकियोमा सोमबार खाद्य सहायतासम्बन्धी उक्त सहमतिपत्रमा हस्ताक्षर गरे ।

नेपालका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र जापानका परराष्ट्र मन्त्री तारो कोनोको उपस्थितमा सो हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो ।

जापानको सो अनुदान सहयोगले नेपाल सरकारलाई खाद्य सहायता परियोजनाअन्तर्गत नेपाली जनताको खाद्यसुरक्षा सुनिश्चितता गर्न सघाउने बताइएको छ । नेपाल सरकारले जापानले प्रदान गर्ने उक्त सहायता रकमबाट चामल खरिद गरी खाद्य अभाव झेलिरहेकाहरूलाई वितरण गर्नेछ ।

shares