Breaking News

ईपीएलको उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स भिड्ने

काठमाण्डौ, ४ मंसिर । एभरेष्ट प्रिमियर लिगको आगामी संस्करणको उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स खेल्ने भएका छन् ।

आयोजक इपीएलले सोमबार विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेकाे हाे । सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन एक खेल हुनेछ भने त्यसपछि दिनको दुईवटा खेल हुनेछन् ।

प्रतियोगिताका सबै खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा देशका ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ ।

लिग चरणका खेलबाट शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो हुने टिमले इलिमिनेटर खेल्नेछन् ।

shares