Breaking News

८० हजार घुस रकमसहित प्रमुख जिल्ला न्यायाधिवक्ता पक्राउ

रुपन्देही, ४ मंसिर ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता काेषहरि निराैला ८० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

निरौलालाई अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे टाेली टंगाल, काठमाण्डौले विशेष सूचनाका अाधारमा पक्राउ गरेको हो ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका अाधारमा अख्तियारकाे टाेली जिल्ला सरकारी वकिलकाे कार्यालय पुगेकाे थियाे ।

घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उनलाई नियन्त्रणमा लिएकाे अख्तियारले जनाएकाे छ ।

shares