Breaking News

साउदी राजाले दिए खशोग्गी हत्याबारे पहिलो पटक सार्वजनिक वक्तब्य

काठमाण्डौ, ४ मंसिर । साउदी अरबका राजा सलमानले पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणबारे पहिलो पटक सार्वजनिक वक्तब्य दिएका छन् ।

सोमबार राजधानी रियादमा आयोजित एक कार्यक्रममा राजा मोहम्मद विन सलमानले साउदी अदालतलाई धन्यवाद दिएका हुन् । राजा सलमानले खशोग्गी हत्या प्रकरणबारे अदालतले गरिरहेको काम सन्तोषजनक रहेको बताए ।

अन्तर्रािष्ट्रय रूपमै खराब घटनाका रूपमा फैलिएको खशोग्गी हत्यामा साउदी युवराजको संलग्नताका रहेको आशंका गरिएको छ । सरकारी अभियोजनकर्ताले गत हप्ता युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए ।

पत्रकार खशोग्गीको गत अक्टोबर २ तारिखका दिन टर्कीको स्तानबुलस्थित साउदी वाणिज्य दुतावासमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कस्ले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।

भियोजनकर्ताहरूले खशोग्गी हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दाबी गरेका छन् ।

shares