Breaking News

राष्ट्रिय मानव अधिकार आयोगले उद्याेगकाे अनुगमन गर्ने

काठमाण्डौ, ३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले देशभरका उद्योगले जनस्वास्थ्यमा पारिरहेको असरका बारेमा अनुगमन गर्ने भएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरभित्रका उद्योगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको दाबी गर्दै आयोगमा उजुरी दिन गएको टोलीको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले उद्याेगकाे अनुगमन गर्ने बताए ।

शर्माले हालसम्म आयोग द्वन्द्व प्रभावित घटनामा बढी केन्द्रित भएको भएपनि आगामी दिनमा मानवका अन्य अधिकार हननका सवालमा समेत अनुगमन गर्दै जाने बताए ।

ज्ञापन पत्र बुझाउँदै टोलीले सुनसरी मोरङ करिडोरका सबैजसो उद्योगले पारम्भिक वातावरणीय परीक्षण तथा वातावरण प्रभाव मुल्याकंनबिना नै सन्चालन भइरहेको भन्दै यसले स्थानीयबासी र वातावरणमा गम्भीर असर परिरहेको दाबी गरे ।

उद्योग विभागका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठूला गरी ६ सय बढी उद्योग सन्चालनमा छन् ।

shares