Breaking News

लक्ष्य अनुरुप पूँजीगत खर्च हुन नसकेकाे भन्दै सरकारलाई अर्थ समितिको सुझाव

काठमाण्डौ, ३ मंसिर ।

संघीय संसद अन्तर्गतको अर्थ समितिले पुरानै कार्यशैलीका कारण पूँजीगत खर्च लक्ष्य अनुरुप हुन नसकेकाे भन्दै सुधार गर्न सरकारलाई सुझाव दिएको छ ।

चालु आर्थिक वर्षको पहिलो चैमासिकसम्ममा पनि पूँजीगत खर्च ८ प्रतिशत मात्र भएको छ । ठूलो रकम विकास बजेट छुट्याएका मन्त्रालयहरू नै लक्ष्यअनुसार पूँजीगत खर्च गर्न असफल देखिएपछि अर्थ समितिले त्यसको कारण खोजेको हो ।

पूँजीगत रकम बढी विनियोजन भएपनि खर्च गर्न नसक्नुका कारणबारे समितिले प्रश्न गरेको छ । पुँजीगत खर्च न्यून हुने र आर्थिक वर्षको अन्तिममा मात्र खर्च हुने प्रवृत्ति रोक्न प्रयास गरेपनि कर्मचारी अभाव, काम गर्ने पुरानै शैलीका कारण समस्या देखिएको सरकारकाे जवाफ छ ।

पूँजीगत खर्च न्यून देखिए पनि अधिकांश मन्त्रालयलले गैर बजेटरी खर्च माग गरको विषयमा पनि अर्थ समितिले प्रश्न उठाएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा १० प्रतिशत पनि विनियोजित बजेट नै खर्च गर्न नसकेका मन्त्रालयले अर्थ मन्त्रालयसँग करिब ६० अर्ब रुपैयाँ बराबर थप बजेट मागेकाे देखिन्छ ।

shares