Breaking News

दिल्लीस्थित एउटा गार्मेन्टमा अागलागी हुँदा दुई महिलासहित ४ को मृत्यु

भारत, ३ मंसिर । भारतको राजधानी दिल्लीको करोलबाग इलाकास्थित बीडनपुराको एउटा गार्मेन्टमा अागलागी हुँदा दुई महिलासहित चार जनाको मृत्यु भएको छ ।

स्थानीय संचारमाध्यमका अनुसार कारखानाका दिउँसो साढे १२ बजे आगलागी हुँदा गार्मेन्टमा लुगामा स्टिम गर्ने काम भइरहेको थियो । तर आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगलागीको जानकारी पाउने बितिकै दमकल र उद्धारकर्मी तत्काल घटनास्थलमा पुगेको कारण थप मानवीय क्षति भने हुन पाएन । घाइते एक जनाको नजिकैको अस्पतालमा उपचार जारी रहेको बताइएको छ ।

shares