Breaking News

खुट्टा गन्हाउने समस्याले चिन्तित हुनुहुन्छ, यसो गर्नुहोस्–

काठमाण्डौ, १७ जेठ । गर्मीको मौसममा मानिसहरु पसिना ज्यादा आएर वा पसिना गन्हाएर चिन्तित हुने गर्दछन् ।

खाशगरी खुट्टा गन्हाउने समस्याले मानिसहरु चिन्तित हुने गर्दछन् । विशेषगरी मोजा खोल्ने बित्तिकै नराम्रो दुर्गन्धबाट मानिसहरु आजित हुने गरेका छन् । अब भने चिन्ता नलिनुहोस्, यी उपाय अपनाउनुहोस्–

१. मोजा खोल्ने बित्तिकै मनतातो पानीमा नुनको प्रयोग गरेर १५–२० मिनेट सयमसम्म खुट्टा डुबाउनुहोस् । यसो गर्दा खुट्टाबाट आउने दुर्गन्धमात्र हराउँदैन थकान पनि दूर हुन्छ ।

२. चियामा हुने एन्टि आक्सिडेन्ट इनफेक्सनले तपाईको खुट्टामा रहेको दुर्गन्ध हराउँदछ । एक गिलास पानीमा दुई टी ब्याग मिलाउनुहोस् र उमाल्नुहोस् । अब त्यसमा सादा पानी मिसाउनुहोस् र ३० मिनेटसम्म खुट्टालाई डुबाउनुहोस् ।

३. यदि तपाईलाई यी सबैको अनुकुल मिल्दैन भने प्रत्येक नुहाएपछि खुट्टामा पाउडर लगाउनुहोस् । यसो गर्दा खुट्टामा पसिना आउँदैन र दुर्गन्ध हराउने गर्दछ ।

shares