Breaking News

संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव

काठमाण्डौ, ३० कार्तिक ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन नगरे मुलुकमा पुनः द्वन्द्व जन्मन सक्नेतर्फ पनि सरकारलाई सचेत गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘दीगो शान्तिका लागि न्याय’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले दिगो शान्ति कायम गर्नका लागि द्वन्द्वका कारणको पहिचान गरी समाधानका लागि नेपालले धेरै काम गर्न बाँकी रहेको पनि स्मरण गराए ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायका लागि द्वन्द्वरत पक्षबीच पुनर्मिलनको विभिन्न अवसर राज्यले उपलब्ध गराउनु पर्ने पनि स्पष्ट पारे ।

shares