Breaking News

कफीको नयाँ मूल्य निर्धारण

काठमाण्डौ, ३० कार्तिक ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ देखि लागू हुनेगरी कफीको मूल्य तोकेको छ ।

राष्ट्रिय कफी दिवसको अवसर पारेर बोर्डले प्रमाणिकरण भएको ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकिलो ८५ रुपैयाँ र प्रमाणिकरण नभएको बी ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी, ड्राई चेरी कफी प्रतिकिलो ग्रेड ए को १ सय ४० रुपैयाँ, ग्रेड बीको सय रुपैयाँ र ग्रेड सीको ४० रुपैयाँ तोकेको छ ।

ए ग्रेडको पार्चमेन्ट कफी प्रतिकिलो ४ सय २५ रुपैयाँ र बी ग्रेडको पार्चमेन्ट कफीको ४ सय १० रुपैयाँ मुल्य तोकिएको छ । भोलि मंसीर १ गते राष्ट्रिय कफी दिवस हाे ।

shares