Breaking News

कर दिवसका अवसरमा साताव्यापी कार्यक्रम हुने

काठमाण्डौ, ३० कार्तिक । सातौं राष्ट्रिय कर दिवसका अवसरमा साताव्यापी कार्यक्रम हुने भएको छ ।

“करः समृद्ध नेपाल, सुखी नेपालीको भर” भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय कर दिवस मनाउन लागिएकाे हाे ।

सरकारले मूल्य अभिवृद्धि कर लागू भएको मितिलाई आधार मान्दै हरेक वर्ष मङ्सिर १ गतेलाई कर दिवस मनाउँदै आएको छ । मंसिर २ गते देखि ७ सम्म केन्द्रियस्तरमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन ।

कर दिवसको अवसरमा आर्थिक बर्ष २०७३\७४ मा करको परिपालनासहित सबै भन्दा बढी कर तिर्ने विभिन्न व्यवसायिक क्षेत्रका १५ जना करदातालाई सम्मान गरिनेछ । विभाग र मातहतका कार्यालयमा कार्यरत १० जना कर्मचारीलाई समेत पुरस्कृत गरिने आन्तरिक राजश्व विभागले जनाएकाे छ ।

हाल १८ लाख करदाता रहेको र ५ वर्षभित्र ३० लाख करदाताको सख्या पुर्‍याउने विभागकाे याेजना छ ।

shares