Breaking News

नेपाल वायु सेवा निगम अार्थिक संकटमा, सहायता उपलब्ध गराउन सरकारसँग माग

काठमाण्डौ, २९ कार्तिक ।

नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

बिहीबार स्वेत्र पत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पारे ।

वाईडबडी विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाइ छ ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलव ८७ अर्व रहेकाले पनि नगद प्रवाहमा संकट आइपरेको पनि स्पष्टिकरण दिएको छ । अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिए ।

चार महिनाभित्र वाइडबडी विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाइ छ ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताए ।

shares