Breaking News

गाँजासहित भारतीय नागरिक पक्राउ

रंगेली, २८ कार्तिक ।

मोरङ्गको रंगेली नगरपालिकाबाट गएराति लागू औषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बंगाल कुस विहार बस्ने ३० वर्षीय हेमन्त बर्मनलाई अढाई केजी तयारी गाँजासहित पक्राउ गरिएकोे इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए ।

रंगेली नगरपालिका ३ स्थित आनन्द इट्टा उद्योगमा मजदुरी गरी क्यान्टिनसमेत सञ्चालन गर्दै आएका बर्मनलाई प्रहरीले इट्टा उद्योगबाटै सुराकीको आधारमा पक्राउ गरेको हो ।

प्रहरीले बर्मनलाई गाँजाका पोका पोका बनाएर बिक्रीका लागि लुकाई राखेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई  प्रहरीले आज लागू औषध ओसारपोसार अन्तर्गत म्याद थप गरी कारबाही अगाडि बढाएको छ ।

shares