Breaking News

काठमाण्डौमा अवैध बिएमसी मिट मसला र स्याम्पुहरू बरामद

काठमाण्डौ, २८ कार्तिक ।

काठमाण्डौमा अवैधरूपमा उत्पादन भई बिक्रीवितरण भइरहेका बिएमसी मिट मसला र स्याम्पुहरू बरामद गरिएको छ ।

प्रहरीले काठमाडौंको नैकापबाट अत्याधुनिक मेसिनहरू राखी गैरकानुनी रूपमा उत्पादन गरी बजारमा बिक्री भइरहेको ४४ कार्टुन बिएमसी मिट मसला र उत्तिकै परिणाममा स्याम्पुहरू बरामद गरेको हो ।

धादिङ धार्के घर भई हाल नैकाप बस्दै आएका बासुप्रसाद बिडारीले ज्योति सोप एण्ड केमिकल्स इन्डष्ट्रिको नाममा अवैध रूपमा मसला र स्याम्पु उत्पादन गर्दै आएको सूचना पाएपछि मंगलबार सो परिमाणको मसलासहितको सामान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरीले बिडारी र निजको श्रीमती ज्योतिलाई पनि नियन्त्रणमा लिई कालो बजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको पनि बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रहरीले गैर कानुनी रूपमा उत्पादन हुँदै आएका ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, ३ सय ७० बक्स स्याम्पु, स्याम्पुका लागि आवश्यक कच्चा पदार्थ लगायतका सामग्री बरामद गरेको हो ।

बिडारीले अवैध रूपमा संचालन गरेको सो उद्योगमा वार्षिक २ करोड बराबरको कारोबार हुने गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

shares