Breaking News

पूर्व क्रिकेटर जोन्टी रोड्सद्वारा नेपाली क्रिकेट प्रशिक्षकलाई प्रशिक्षण

काठमाण्डौ, २७ कार्तिक ।

दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सले आज नेपाली क्रिकेट प्रशिक्षकलाई प्रशिक्षण दिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हाइ पर्फमेन्स क्याम्प अन्तर्गत विभिन्न जिल्ला र क्लबका प्रशिक्षकलाई जोन्टीले प्रशिक्षण दिएका हुन् ।

भोलिदेखि मंसिर ७ सम्म चल्ने क्यापमा उनले इन्जुरी व्यवस्थापन र सूचना प्रविधिको प्रयोगद्वारा खेलाडीको प्रदर्शन मापन तथा व्यक्तित्व र मनोवैज्ञानिक विकासजस्ता पक्षमा विशेष प्रशिक्षण दिनेछन् ।

१० दिने प्रशिक्षणका क्रममा उनले १६ र १९ वर्षमुनिको उमेर समूहका खेलाडीलाई फिटनेस टेस्ट, नेतृत्व कला, स्पोर्ट्स मेडिसिन, जस्ता विषयमा प्रशिक्षण दिनेछन् ।

shares