Breaking News

इजरायलद्वारा गाजा क्षेत्रमा हवाइ अाक्रमण

काठमाण्डौ, २७ कार्तिक ।

इजरायलले सोमबार राति प्यालेस्टाइनी लडाकुका दर्जनौँ सैन्य स्थलमा लडाकु विमान प्रयोग गरेर आक्रमण गरिएको  जनाएको छ ।

प्यालेस्टाइनी पक्षबाट ३७० वटा रकेट प्रहार गरेपछि इजरायलले प्रत्याक्रमण गरेको हो । गाजा स्ट्रिपमा भएका हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । इजरायलको आश्केलन सहरमा भएको रकेट आक्रमणमा एक जनाको ज्यान गएको छ ।

गाजामा शासन गर्ने हमास र इजरायल दुवैले आफ्ना कारबाही बढाउने चेतावनी दिएका छन् ।

गाजामा इजरायलले गोप्य रूपमा एउटा अभियान सञ्चालन गरेको पत्ता लागेपछि त्यहाँ हिंसा भएको हो।

सो घटनामा हमासका एक कमान्डरसहित सात प्यालेस्टाइनी लडाकु र इजरायली पक्षका एक सदस्यको मृत्यु भएको थियो। -बीबीसीबाट

shares