Breaking News

कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल बाटै

काठमाण्डौ १७ जेठ । आगामी जेठ २६ र २७ गते हुन लागेको कोरियान भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार गरिएकाे  छ।

उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिने छन् ।

‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिने छ । उक्त शैलीमा नै एपमा प्रश्नहरुको सेट राखिएको छ , एप चलाएर सजिलै टेस्ट दिन सकिने र टेस्ट दिने बित्तिकै यसको रिजल्ट हेर्न सकिने  भएकाे छ । यसले वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि बढाउने उरी कन्सलटेन्सीका उदेश श्रेष्ठले बताए ।

shares