Breaking News

४ वर्षमा ६ हजार किलोमिटर सडक र २ हजार ८ सय किलोमिटरसम्म रेलमार्ग विस्तार गरिने

काठमाण्डौ, २६ कार्तिक ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ४ वर्षमा ६ हजार किलोमिटर सडक विस्तार र निजगढसम्म अत्याधुनिक रेल सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महासेठले आगामी निर्वाचनसम्ममा हरेक स्थानीय तहको केन्द्रलाई जोड्ने गरी सडक सञ्जाल बनाउने र २ हजार देखि २ हजार ८ सय किलोमिटरसम्म रेलमार्ग विस्तार गरिने बताए ।

हाल बन्द रहेको तातोपानी नाका जेठसम्ममा र बेनी–जोमसोम–कोरला नाका दुईवर्षभित्रमा खुलाउने पनि मन्त्री महासेठको दाबी छ ।

नयाँ सरकार गठन भएपछिको नौ महिनामा सरकारले कर्मचारी व्यवस्थापन, बजेट व्यवस्थापन र कार्यालय व्यवस्थापनलगायत नीति निर्माणमा अधिकांश समय खर्चिएकाले काम गर्न नसकेको भनेर समीक्षा गर्ने समय भई नसकेको समेत उनको तर्क छ ।

shares