Breaking News

तिहारकाे तेस्राे दिन मनाइयो गाई तिहार, अाज साँझ दिपावली गरी लक्ष्मी पूजा गरिंदै

काठमाण्डौ, २१ कार्तिक  ।

तिहारको तेस्रो दिन गाईतिहार आज हिन्दू नेपाली समुदायले गाईको पूजा गरी गाैमातालाई मिठाे मसिनाे खुवाएर मनाएका छन् ।

राष्ट्रिय जनावरसमेत रहेको गाईलाई हिन्दू नेपालीले गौमाताको रुपमा पूजा गर्ने चलन रहेकाे हुँदा गाई तिहारको दिन गाईलाई माला लगाइदिने, पूजा गर्ने र मिठा खानेकुरा खान दिने गरिन्छ ।

हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । गाईले दूध दिनुका साथै खेत जोत्नका लागि गोरु पनि दिने भएकाले हिन्दू धर्ममा गाईको विशेष महत्व छ । गाईको पिसाब (गहुँत) पनि धार्मिक कार्यका लागि आवश्यक र पवित्र मानिन्छ ।

आयुर्वेदमा त गौमुत्रलाई अति महत्वपूर्ण औषधिका रुपमा प्रयोग गर्ने गरिन्छ । गाईतिहारको दिन हिन्दू समुदायले जनैपूर्णिमामा हातमा बाँधेको डोरो फुकालेर गाईको पुच्छरमा बाँध्ने प्रचलन रहिअाएकाे छ ।

अाज साँझ घरघरमा दिपावली गरी धनकी देवी लक्ष्मीकाे पूजाअाजा पनि गरिन्छ ।

shares