Breaking News

इराकमा २ सय २ वटा सामूहिक चिहान भेटियो

काठमाण्डौ, २० कार्तिक ।

इस्लामिक स्टेट अफ इराक (आईएसआई) र इस्लामिक स्टेट अफ इराक लेभेन्ट (आईएसआईएल) को नियन्त्रणमा रहेका इराकका विभिन्न भागमा २ सय २ वटा सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघको मानव अधिकार कार्यालयकाे प्रतिवेदनमा इराकको उत्तरी र पश्चिमी प्रान्त निनेभे, किर्कुक, सलाह अल दिन र अन्बरमा हजारौं शव गाडिएको सामूहिक चिहान भेटिएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार ८ वटा कंकाल भएको सबैभन्दा सानो चिहान पश्चिमी मोसुल र हजारौं कंकालसहितको ठूलो चिहान दक्षिणी मोसुलकेा खास्फा सिंखोलामा भेटिएको छ ।

राष्ट्र संघले सामूहिक चिहान युद्ध अपराध र नरसंहारको परिणाम भएको जनाएको छ । यसअघि राष्ट्रसंघले इराकमा सक्रिय आईएसआई र आईएसआईएलका कारण इराकमा ३३ हजार नागरिकले ज्यान गुमाएका र ५५ हजार भन्दा बढी घाइते भएको बताएको थियो ।

shares