Breaking News

पेट दुःख्दा यी घरेलु उपाय अपनाउनुस्

काठमाण्डौ, १६ जेठ । विशेषगरी गलत खानपानको कारणले नै पेट दुःख्ने समस्या उत्पन्न हुने गर्दछ ।

जसको कारणले गर्दा हामी प्रत्येक दिनको काम गर्न पनि सक्दैनौं । तर यस्ता केही घरेलु उपचारहरु छन् जसले तुरन्तै आराम मिल्ने गर्दछ । आउनुहोस् त्यस्ता घरेलु औषधीको बारेमा जानी राखौं ।

१. अदुवा

अदुवालाई चानाको आकारमा काट्नुहोस् र पेट दुःखेको बेलामा मुखमा राखेको अदुवाको रस चुस्दा पनि पेटका दुःखईमा आराम मिल्छ ।

२. जीरा


३ देखि ४ ग्राम जीरालाई मनतातो पानीसँगै तीनपटक लिनुहोस्, बिस्तारै असर गर्न सुरु गरिहाल्छ । यदि जीरालाई चपाउनुहुन्छ भने झन् चाँडै निको हुन्छ ।

३. हींग


एक गिलास पानीमा एक चुटकी हींगलाई राम्ररी घोलेर पिउनुहोस् । यसो गर्नाले पेट दुःखेको बिसाे हुन्छ र वायुको समस्या पनि दूर हुन्छ ।

shares