Breaking News

आगामी निर्वाचनमा कांग्रेस प्रमुख पार्टी बन्ने कोइरालाको दाबी

भरतपुर, १९ कार्तिक ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आन्तरिक एकता कायम गर्न सके आगामी निर्वाचनमा कांग्रेस प्रमुख पार्टी बन्ने दाबी गरेका छन् ।

भरतपुरमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले कम्युनिष्ट पाटीले लोकतन्त्रमा विश्वास नराख्ने भन्दै आगामी निर्वाचनमा आफ्नै दल पहिलो पार्टी हुने दाबी गरे ।

महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट पार्टी बलियो बनाउन सक्ने नेता सभापतिमा चयन हुने टिप्पणी गरे ।

shares