Breaking News

आलोपालो गरी सरकार चलाउने कुनै सहमति भएको छैन: दाहाल

विराटनगर, १९ कार्तिक ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार आलोपालो गरी चलाउने कुनै सहमति नभएको स्पष्ट गरेका छन् ।

विराटनगर विमानस्थलमा संञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले सरकारले आफ्नो घोषणा अनुसार काम गरिरहेकाले ५ वर्ष भित्रमा विकासका काम पूरा हुने दाबी गरे ।

अध्यक्ष दाहालले बर्खाको समयमा सरकारले काम गर्न नसकेको भन्दै अब गियर बदल्ने दोहोर्‍याए । उनले पार्टी एकतामा ढिलाइ भएको स्वीकार गर्दै केन्द्रमा कुनै विवाद नरहेको दाबी गरे ।

अध्यक्ष दाहालले पार्टी एकताकाे काम समेत द्रुत गतिमा अघि बढ्ने बताए । अब पार्टी र संगठनका कामहरूसमेत प्रभावकारी तरिकाबाट अगाडि बढ्ने उनले जिकिर गरे ।

shares