Breaking News

कोरियन पाईलट लिम प्याराग्लाईडिङ्ग वर्ल्डकपको च्याम्पियन (फोटो फिचर)

स्याङ्जा, १८ कार्तिक ।

स्याङजाको स्वरेकमा संचालित ‘प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वर्ल्ड कप २०१८’ को उपाधि कोरियाका पाईलट स्याङ्यू लिमले जितेका छन् । कुल १२ अंक जोड्दै उपाधि चुमेका उनले १ हजार यूरो पुरस्कार पाएका छन् ।

करिब डेढ दर्जन देशका १ सयभन्दा बढी प्रतिस्पर्धी सहभागी प्रतियोगितामा लिमले अन्तिम चरणको उडानमा दुई अंकको स्कोर गरेपछि उपाधि चुमेका हुन् । प्रतियोगितामा दोस्रो र तेस्रो पुरस्कार पनि कोरियन पाईलटले नै जितेका छन् । योले दोस्रो र लिले तेस्रो भए ।

घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं भए । सहभागीहरूले १ हजार ६ सय मिटर अग्लो स्वरेकको महापुरमैदान र डौवाफाँटबाट उडान भर्दै ८ सय मिटरको उचाईमा अवतरण गरेका थिए ।

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, कोरिया, जर्मनी, चिन, नेदरल्याण्ड, यूएई, अमेरिका, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, ईरान, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्ट गरी करिब १ सय प्रतिस्पर्धी सहभागी छन् ।

नेपाललाई साहसिक खेलकुद प्याराग्लाईडिङ्गको गन्तव्य बनाउने उदेश्यले प्याराग्लाईडिङ्गको एक्यूरेसी वर्ल्ड कप गरिएको हो । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा भएको प्रतियोगिता गत बिहीबारदेखि शुरु भएको थियो ।

shares