Breaking News

सर्लाही बन्दका कारण जनजीवन प्रभावित

सर्लाही, १८ कार्तिक ।

स्थानीय कांग्रेस कार्यकर्ता रामविलास महतोको गोली हानी हत्या गरेको विरोधमा नेपाली कांग्रेसले आह्वान गरेको सर्लाही बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म मृतक महतोको शव नबुझ्ने अडान लिएको कांग्रेसले बिहानैदेखि ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । हत्याको विरोधमा कांग्रेसले बिहान एक घण्टा चक्काजाम समेत गरेको थियो ।

गत मंगलबार रामनगर गाउँपालिकाको बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा महतोको मृत्यु भएको थियो ।

shares