Breaking News

लिभरपुल, इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाण्डौ, १८ कार्तिक ।

लिभरपुल, इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा आर्सनलसंग १–१ गाेलको बराबरी खेलेर अंक बाँडे पनि लिभरपुल शीर्ष स्थानमा उक्लिएकाे हाे ।

पहिलो हाफमा गोल रहित भएको खेलमा लिभरपुलका लागि ६१ औँ मिनेटमा जेम्स मिल्नरले गोल गरे ।
८२ औँ मिनेटमा आर्सनलका लागि एलेक्सान्ड्र लाकाजेटीले बराबरी गोल फर्काए ।

बराबरीपछि ११ खेलबाट २७ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको २६ अंक छ ।

पाँचौँ स्थानको आर्सनलको २३ अंक भएको छ ।

अर्काे खेलमा वुल्भ्सलाई ३–२ गाेलले हराएको टोटनह्याम चौथो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २४ अंक भएको छ ।

राति नै भएक अन्य खेलमा एभर्टनले ब्राइटनलाई ३–१, वेष्टह्यामले बर्नलीलाई ४–२ तथा न्युक्यासलले वाट्फोर्डलाई १–० गाेलले पराजित गरेका छन् ।

shares