Breaking News

महिलामाथि हुने सबै प्रकारको हिंसा न्यूनिकरणका लागि केन्द्रित हुन आह्वान

काठमाण्डौ, १६ कार्तिक ।

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले महिलामाथि हुने सबै प्रकारको हिंसा न्यूनिकरणका लागि सबैलाई केन्द्रित हुन आह्वान गरेकी छिन् ।

उपसभामुख तुम्बाहाङफेले यौनजन्य महिला हिंसा अन्त्यका लागि सरकार, गैरसरकारी संस्था र सर्वसाधारण सबैको दायित्व रहेको पनि स्पष्ट पारिन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘यौनजन्य हिंसाः अनुसन्धान र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबैको सामूहिक प्रयासको बलमा मात्रै समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्दै लैजान सकिने पनि बताइन् । उपसभामुख तुम्बाहाङफेले महिला हिंसाको पीडा पुरुषहरूलाई पनि हुनेतर्फ पनि सबैलाई सचेत गराइन्।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले महिलामाथि हुने यौनजन्य हिंसा न्यूनिकरणका लागि उनीहरूलाई शिक्षा र स्वास्थ्यमा उचित लगानी गर्नुपर्ने धारणा राखिन् । महिला सशक्त भए उनीहरूमाथि हुने हिंसा आफैं न्यूनिकरण भएर जाने सांसद अधिकारीको भनाइ छ ।

कार्यक्रममा विज्ञहरूले हिंसा पीडित महिलाहरूलाई तत्काल राहत दिन शीघ्र न्याय प्रणालीको छुट्टै व्यवस्था गर्न सरकारलाई सुझाव पनि दिएका थिए ।

shares