Breaking News

२५ वर्षमा समुन्द्रहरूले सोसेको ताप आंकलन गरिएको भन्दा ६० प्रतिशत बढी

काठमाण्डौ, १५ कार्तिक ।

गत पच्चीस वर्षमा समुन्द्रहरूले सोसेको ताप पहिले आंकलन गरिएको भन्दा ६० प्रतिशत धेरै पाइएको अध्ययनले देखाएको छ।

नयाँ अध्ययनले यो शताब्दीमा विश्वव्यापी तापमान वृद्धिलाई सुरक्षित स्तरमा राखिराख्न निकै कठिन बनाइदिने देखाएकाे छ ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेलको पछिल्लो वृहत् परीक्षण बमोजिम हरितगृह ग्यासका कारण संकलित अतिरिक्त तापको ९० प्रतिशत विश्वका समुद्रहरूले सोसेको देखिएको छ।

यसले मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्यासहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएको देखाएको छ।

अध्ययनमा सामेल अनुसन्धानकर्ताहरूले पेरिस सम्झौतामा सरकारहरूले तापमान वृद्धि सम्बन्धी राखेका लक्ष्य भेट्टाउन झन् कठिन हुने देखिएकाे बताएका छन् ।

बढी ताप भएको समुद्रमा अक्सिजनको मात्रा कम हुने, जलचर प्रभावित हुने र सामुद्रिक सतहमाथि आउने जोखिम बढ्छ।

अमेरिका, चीन, फ्रान्स र जर्मनीका अनुसन्धानकर्ताहरूको सो अध्ययनले पृथ्वीको तापमान बढाउने हानिकारक तत्वहरूको उत्सर्जनमा पहिले लक्ष्य गरिएभन्दा थप २५ प्रतिशतले कमी ल्याउनुपर्ने निष्कर्ष निकालेको छ।

shares